9 years ago
August 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – चीनको दुई शहरमा आयोजना हुने डेल्टा कप आन्त्रण फुटसल च्याम्प्यिनसिपमा नेपालबाट फुटसल भिलेज प्रा लीले सहभागिता जनाउने भएको छ ।

झिङमेङ सिटी र चोङसङ सिटीमा डेल्टा कप नामकै दुई अलग अलग प्रतियोगितामा भाग लिने फुटबल भिलेज टोलीका कप्तान थम्सन भुसालले शनिबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिए ।
झिङमेङमा अगस्ट २३ देखि २५ सम्म र चोङसङ अगस्ट २७ देखि सेम्पेम्बर १ सम्म आयोजना हुने प्रतियोगितामा फुटबल भिलेजले दुवैमा प्रतिस्पर्धा गर्नेछ । थम्सनका अनुसार झिङमेङमा विभिन्न देशका ८ र ६ टोलीको सहभागिता हुनेछ ।
अघिल्लो बर्षपनि आफुहरुले भाग लिएर फुटसलका बारेमा धेरै सिक्ने मौका पाएको उनले बताए । उनले भने,‘ पछिल्लो समय नेपालमा विकास हुने सम्भावना देखिएको खेल मध्ये फुटसल पनि हो । यसलाई व्यवस्थित रुपमा अघि बढाउने हो भने नेपालले यसमा केही राम्रो गर्न सक्ने सम्भावना छ ।’ विश्व फुटबल महासंघ (फिफा) ले कुनै पनि देशको फुटसलको विकासका लागि सम्बन्धित राष्ट्रिय संघलाई नै जिम्मेवारी दिएको हुन्छ । त्यो विषयमा जानकार थम्सनले त्यसैले देशको नभै फुटबलस भिलेजको नाममा प्रतियोगितामा भाग लिन लागेको जानकारी दिए ।
राज महर्जन प्रशिक्षक र दीपेश भण्डारी मेनेजर रहेको टोलीमा थम्सनसहित रवि सिलवाल, श्याम खड्गी, भोला ब्यञ्जनकार, सुमितकुमार आले, उनेश आले, अभय राना, सन्देश गुरुङ, सुमित श्रेष्ठ, विश्व गुरुङ र दानबहादुर थापा गरि ११ खेलाडी रहेका छन् । टोली आइतबार चीन प्रस्थान गर्नेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]