9 years ago
September 23, 2016
जेमसले प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

ताहचल फुटसलमा भएको फाइनलमा जेम्सले रातो बंगलालाई अत्तिरिक्त समयमा ४–३ गोलले पराजित गर्यो । जेम्सका लागि नितान्त श्रेष्ठले ह्याट्रिक गरे भने विशम पुनले १ गोल गरे । रातो बंगलाबाट अभिनव, शान्ति दूत र अनुप ग्रहले १–१ गोल फर्काए ।
निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।
होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको शुक्रबारै भएको सेमिफाइनलमा रातो बंगलाले रिब्सलाई ६–४ तथा जेम्सले द एक्सेल्सियर स्कुललाई ३–१ ले हराउदै फाइनल यात्रा तय गरेका थिए ।
जेम्सका नितान्त श्रेष्ठ उत्कृष्ट खेलाडी तथा ग्रिनफिल्डका जेनिश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १२ गोल गरेका एक्सेल्सियरका धीरज जोशी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । रिब्सले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई सांसद् ध्यानगोविन्द रन्जित, होलीभिजनका संस्थकपक प्रिन्सिपल नारायण शर्मा गजुरेल, निर्देशक पदमदास सिंह र प्रिन्सिपल नन्दलाल सुवेदीले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]