9 years ago
October 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबार भएका खेलमा कुमारी फुटसल र ह्वाइट हर्स फुटसल विजयी भएका छन् ।
कुमारी फुटसल पकनाजोलको होममा कुमारीले टिम शंखमुल फुटसललाई ८–५ गोलले हरायो । कुमारीका अभिषेक रिजालले ४, आशिष लामाले २ तथो सुसान महत र सुवेश लामाले समान १ गोल गरे । शंखमुल फुटसलका शेरबहादुर थापाले ह्याट्रिक गरे, संजोग राई र सुरज महर्जनले एक/एक गोल गरे । पराजित टोलीका कप्तान संजोग राई म्यान अफ दी म्याच घोषित भए ।

भक्तपुर, कौसलटारको इम्पेरियल फुटसलमा भएको खेल ।
भक्तपुरको कौसलटारमा अवस्थित इम्पेरियल फुटसलमा भएको अर्को खेलमा ह्वाइट हर्स फुटसलले अवे खेलमा इम्पेरियल फुटसललाई ९–१ ले हरायो । म्यान अफ द म्याच रितेश लामाले ४, मनोज प्रजापति, सुजित प्रजापतिले २÷२ र मञ्जिल महर्जनले एक गोल गरे । इम्पेरियलका सुरेन्द्र बुढाथोकीले एक गोल फर्काए ।
होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ । लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार रुपैया प्राप्त गर्नेछन् ।
भोलिको खेल
किकअफ फुटसलविरुद्ध बानेश्वर रिक्रियसन सेन्टर
समय – १२ः३० बजे
स्थान- किकअफ फुटसल सीतापाइला
कीर्तिपुर फुटसलविरुद्ध ताहाचल फुटसल
समय -३ः३० बजे
स्थान -कीर्तिपुर फुटसल, कीर्तिपुर नगाउँ
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]