default_image

9 years ago

October 19, 2016

रेडबुल राष्ट्रिय फुटसल लिग किकअफ र कीर्तिपुर फुटसल विजयी

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल घरेलु मैदानमा विजयी भएका छन् ।
सीतापाइलाको किकअफ फुटसलले राजेश कुँवरको ह्याट्रिकको मद्दतमा बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० ले हरायो । कप्तान राजेशले खेलको पहिलो मिनेट, छैटौं मिनेट र ३६ औं मिनेटमा गोल गर्दै पूरा गरे । प्रवेश जोशी र कृष्ण लामाले १÷१ गोल गरे । राजेश म्यान अफ दी म्याच बने ।

 किकअफ (रातो) र र  बानेश्वर रिक्रियसन सेन्टरलबीचको खेल ।


किकअफ (रातो) र र बानेश्वर रिक्रियसन सेन्टरलबीचको खेल ।

त्यसैगरी कीर्तिपुरको नगाउँस्थित कीर्तिपुर फुटसलले ताहाचल फुटसललाई ६–४ ले हरायो । कीर्तिपुरका प्रताप महर्जन, यमन महर्जन र एपेक्स महर्जनले २÷२ गोल गरे । ताहाचलका सुदीप बुढाथोकीले २ तथा सुनिल बस्नेत र राज शाहले १÷१ गोल गरे । ताहाचलका सुदीप बुढाथोकी म्यान अफ दी म्याच चुनिए ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा राजधानीका १६ टोलीको सहभागिता रहेको छ । लिगमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ । जसमा १ सय २५ खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

– शंखमुल फुटसलविरुद्ध सामाजिक फुटसल ,समय – १२ः३० बजे, स्थान- शंखमुल फुटसल शंखमुल ।
– चउर फुटसलविरुद्ध ह्वाइट हर्स फुटसल ,समय-३ः३० बजे, स्थान- चउर फुटसल बाँसबारी

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.