default_image

9 years ago

October 24, 2016

किकअफ र ताहाचल शीर्ष स्थानमा

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी फुटसललाई ४–३ गोल अन्तरले पराजित ग¥यो । ताहाचललाई जिताउन विशाल गुरुङ, सुनिल बस्नेत, विनय महर्जन र सुजित बुढाथोकीले एक–एक गोल गरे ।

futsal

ताहाचल फुटसलको होम ग्राउन्डमा भएको खेलमा अवे टिम सामाखुसीका लागि सुजन महर्जन र सुभास बानियाँले एक÷एक गोल गरे भने एक गोल ताहाचलका तर्फबाट आत्मघाती रुपमा पायो । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ताहाचल फुटसलका विशाल गुरुङ घोषित भए ।

त्यसैगरी किकअफ फुटसल सीतापाइलाको होम ग्राउन्डमा भएको खेलमा किकअफले चउर रिक्रियसन सेन्टरलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै १२ अंकका साथ लिगको शीर्ष स्थान ओगटेको हो । किकअफलाई जिताउन रजिन पाण्डेले ह्याट्रिक गरे भने प्रवेश जोशीले २ एवं आरुस सिंह र विजय श्रेष्ठले एक÷एक गोल गरे । चउरका रोचक गुरुङले सान्त्वना एक गोल फर्काए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार किकअफ फुटसलका रजिन पाण्डे घोषित भए ।

नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा छनोट चरण पार गरेका १६ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.