default_image

9 years ago

October 27, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा बानेश्वरको जित

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

रेडबुल राष्ट्रिय फुटसल लिगमा बिहीबार बानेश्वर रिक्रियसन फुटसल सेन्टर विजयी भएको छ । अर्को खेलमा कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् । बानेश्वर रिक्रियसन सेन्टरले होम ग्राउन्डमा अवे टोली इम्पेरियल फुटसललाई ७–४ गोलले हरायो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे ।

red bull

त्यस्तै दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु रसाइलीले १/१ गोल गरे । इम्पेरियलका सन्देश सिलवालले २ गोल गरे भने किसन अधिकारी र निरज गैरेले एक/एक गोल गरे । इम्पेरियल किसन अधिकारी म्यान अफ दी भए ।

समूह बीको खेलमा कुमारीले कीर्तिपुरसंग ३–३ को बराबरी खेल्यो । कीर्तिपुरका यमन महर्जनले २ र जोन महर्जनले १ गोल गरे । कुमारीका म्यान अफ दी आषिश तामाङले २ र राजीव लोप्साङले १ गोल गरे । लिगमा ४ खेल खेलेको बानेश्वर ७ अंकका साथ समूह एको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

किकअफ फुटसल १२ अंकसहित शीर्षस्थान र ७ अंकका साथ ह्वाइट हर्स दोस्रो स्थानमा छ । बानेश्वरभन्दा ह्वाइ हर्स गोअन्तरमा अगाडी छ । बराबरीसंगै कुमारी फुटसलले ४ खेलबाट ७ अंक जोड्दै समूह बीको तेस्रो स्थानमा छ । समूह बी मा ताहाचल फुटसल ९ अंकसहित शीर्ष स्थानमा छ ।

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा राजधानीका १६ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १० र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय फुटबल लिगमा शुक्रबारका खेल हरिसिद्धि फुटसलविरुद्ध ताहाचल फुटसल समय – दिउँसो १२ः३० बजे स्थान – हरिसिद्धि फुटसल, हरिसिद्धि ह्वाइट हर्स फुटसलविरुद्ध रजनी फुटसल समय – दिउँसो ३ः३० बजे स्थान – ह्वाइट हर्स फुटसल, सुकेधारा

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.