9 years ago
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)
रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे ।

ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान अफ द म्याच ताहाचलका सुनिल बस्नेत भए । लिगमा ५ खेलपछि ताहाचल १० अंकसहित समूह बीमा शीर्ष स्थानमा रहेको छ । त्यत्तिनै खेलमा हरिसिद्धिको ८ अंक छ र टोली दोस्रो स्थानमा छ । समूह ए अन्र्गत ह्वाइट हर्स फुटसल सुकेधारामा खेलमा रजनीले ३–१ को अवे जित हासिल गर्यो । रजनीकासुमन कार्कीले २ र रुसन केसीले अर्कौ गोल गरे । होम टोलीका लागि मञ्जिल महर्जनले एक गोल फर्काए ।
रजनीका गोलकिपर सुलेमान चिन्नल खेलको म्यान अफ दी म्याच चुनिए । ५ खेलमा रजनी ७ अंक जोड्दै समूहको अंकतालिकाको तेस्रो स्थानमा उक्लकेो छ । समूहमा किकअफ फुटसल १२ अंकसहित शीर्ष स्थानमा छ । एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा राजधानीका १६ फुटसल टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले १० लाख, उपविजेताले ५ लाख तथा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
रेडबल फुटबलमा शनिबारका खेल किकअफ फुटसलविरुद्ध ढुकु फुटसल हब समय –दिउँसो १२ः३० बजे स्थान – किकअफ फुटसल, सीतापाइला कीर्तिपुर फुटसलविरुद्ध सामाखुसी फुटसल समय- दिउँसो ३ः३० बजे स्थान – सामाजिक फुटसल, सामाखुसी
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]