9 years ago
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो एकेडेमी (एनटिए) ले दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई बुधबार नगद सहित सम्मान गरेको छ । थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ४ स्वर्ण र ४ रजत पदक जितेको थियो । विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत पदक जितेका थिए ।

चन्दु शाही र प्रतिज्ञा भण्डारीले स्वर्ण पदक जितेका थिए । तिलक लामा र टिम प्रशिक्षक र व्यवस्थापक समेत रहेको अशोक खड्काले रजत जितेका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले खेलाडीलाई सम्मान पत्र र १० हजार रुपैयाँ प्रदान गरे । नगद पुरस्कार युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ र मकाउमा रहेका तेक्वान्दो प्रशिक्षक कृष्णशरण कार्कीले प्रायोजन गरेका हुन् ।
सोही कार्यक्रमलाई सदस्य–सचिव विष्टले एनटीएका अध्यक्ष समेत रहेका अशोकलाई स्वयंसेवक प्रशिक्षकको नियुक्ति दिने प्रतिबद्धता व्यक्त गरे । ‘अशोकले तेक्वान्दोको विकासका लागि एकल प्रयासमा धेरै गर्नु भएको छ । चोटका कारण उहाँले आफूले चाहे जस्तो खेलाडी जीवनलाई अगाडि बढाउन सक्नु भएन, विष्टले भने,‘ तेक्वान्दो प्रतिको समर्पण र लगाउको कदर गर्दै परिषद्ले उहाँलाई तेक्वान्दो स्वयंसेवक प्रशिक्षकको नियुक्ति दिने घोषणा गर्दछु ।’
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]