default_image

4 years ago

November 24, 2021

काठमाडौं टिम च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक गरिएको छ ।

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी बुधबार सार्वजनिक गरेको हो ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दीपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन कृष्ण ताम्राकार, नेपाल पुलिस क्लबका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

महिलातर्फ शीर्ष आठमा रहेका नङ्सलदेवी तामाङ, अमिता गिरी, अनुमाया राई, रशिला महर्जन, शोभा गौचन, सुनैना मुखियासँगै नवौं र १०औं वरीयतामा रहेका सीमा राजवंशी र सम्झना शर्माले च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।

पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीतामाया राई चोटका कारण खेल्ने नसक्ने भएपछि उनीहरुको स्थानमा सीमा र सम्झनाले अवसर पाएकी हुन् । सीता गत वर्षदेखि नै कोर्ट बाहिर रहँदा जेसिकाले गत असोजमा रिभाइभ लिजरपार्क ब्याडमिन्टन दौरान चोट बोकेकी थिइन् ।

खेलाडीहरुको खेल्ने टिमको घोषणा भने केही दिनमा गरिने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।

पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्रपत खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ ।
च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् । टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् ।

करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।

खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।

ब्याडमिन्टन जगतमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को २०७७ पुसमा स्थापना भएको थियो । त्यसपछि एकेडेमीले जेठमा च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेपनि कोरोना महामारीका कारण च्याम्पियनसिप स्थगित भएको थियो ।

एकेडेमीले बुल्स इन्डोर स्पोर्ट्स हल (नख्खु) बाट प्रशिक्षण थालेको थियो । हाल देवीनगर क्लब (बानेश्वर) र धर्मश्री स्पोर्टस् एकेडेमी (जोरपाटी) मा प्रशिक्षण भइरहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.