4 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।

त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, कर्मचारी, खेलाडीलगायतले स्व. लामाको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसअघि पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बास्केटबल संघका पदाधिकारी, राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले बौद्धस्थित शेर्पा गुम्बामा राखिएको स्व. लामाको पार्थिव शरीरमा झण्डा अढाउनुका साथै पुष्पगुच्छ चढाईं अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. लामाको शुक्रबारै जम्बु डाँडामा अन्त्येष्टि गरिएको छ । लामाको गत बुधबार निधन भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]