default_image

4 years ago

November 29, 2021

घिसिङ राखेपको सदस्य सचिव नियुक्त

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको हो । घिसिङले भोलि (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने सम्भावना छ । मन्त्री गहतराजका अनुसार घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।


मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । समितिले एक महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गरेको बताइएको छ ।

शुक्रबार सम्मको समय दिएर मन्त्रालयले सदस्य सचिवको आवेदन माग गरेको थियो । सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए ।

१८ जाले आइतबार आ आफ्नो प्रस्तुती दिएका थिए । कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई मन्त्री परिषद्ले बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

गत वर्ष खेलकुद विकास ऐन लागू भएपछि छनोट प्रक्रियाबाट रमेश सिलवाललाई तत्कालिन केपी ओली सरकारले सदस्य सचिव नियुक्त गरेको थियो ।

त्यति बेला २७ जनाले आवेदन दिएका थिए । रविराज कर्णिकारले त्यति बेला पनि आवेदन दिएका थिए । वर्तमान सरकारले चित्त बुझ्दो स्पष्टिकरण नभएको भन्दै कात्तिक १ गते सिलवाललाई बर्खास्त गरेको थियो । त्यो निर्णयका विरुद्ध सिलावल सर्वोच्च अदालत गएपनि नयाँ सदस्य सचिव नियुक्तीको प्रक्रिया अघि बढेको छ ।

त्यसका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका छन् । समितिले एक महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गर्नेछन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्य सचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ ।

सदस्य सचिवका लागि योग्यता र अनुभवको पाँच बुदा तय छन् । जसमा नेपाली नागरिक हुने पर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.