4 years ago
November 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि शुरु हुने ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिताको तयारी पुरा भएको आयोजक गुरुङ स्पोर्ट्स हाउस प्रालिले जनाएको छ ।

१४ देखि १८ मंसिरसम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने प्रतियोगितामामा १६ टोलीको सहभागिता रहेको गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले जानकारी गराए । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ४० वर्षभन्दा माथिको खेलाडी हुनुपर्नेछ । एक टोलीमा पाँच खेलाडी रहँदा कोर्टमा ४ खेलाडी हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र शिल्ड हात पार्नेछन् । दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ, तेस्रो हुनेले ३१ हजार १ सय ११ रुपैयाँ र चौंथो हुनेले ११ हजार १ सय ११ रुपैयाँ र कप प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]