4 years ago
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा बिहीबारबाट सुरु भएको ‘गुरुङ स्पोर्ट्स हाउस कप’ राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगितामा ढोरपाटन स्पोर्ट्स क्लब, प्रदेश १ रातो र मण्डली स्पोर्ट्स क्लब पाल्पाले विजयी सुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाट स्पोर्ट्स क्लबको कोर्टमा मंगलबार भएको उद्घाटन खेलमा प्रदेश १ को ‘रातो’ टोलीले रोल्पा भलिबल संघलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । समूह ‘बी’ को खेलमा प्रदेश १ ले रोल्पालाई २५–१६ र २५–२० ले सहजै हरायो ।
अर्काे खेलमा मण्डली स्पोर्ट्स क्लब पाल्पाले सिपाडोल युवा क्लब भक्तपुरलाई २५–२२ र २५–२३ को सेटमा पराजित गर्दै समूह ‘बी’ मा विजयी सुरुवात ग¥यो । यस्तै समूह ‘ए’ को खेलमा उपाधि दावेदार ढोरपाटन स्पोर्ट्स क्लबले साझा यातायातलाई २–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्न सफल भयो ।

त्यसअघि प्रतियोगिताको नेपाल भलिबल संघका कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका कोषाध्यक्ष सुनकेशरी माली र सदस्य ज्योति केसीको उपस्थिति रहेको थियो ।
गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउट पछि हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । (पार्क भलिबल) को एक टोलीमा पाँच खेलाडी हुनेछन् । चार खेलाडी कोर्टमा हुनेछन ।

४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउनेछ । उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]