9 years ago
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी धाविका मिरा राईलाई सरकारले उपचार खर्चका लागि ५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले शुक्रबार मन्त्रालयमा मिरालाई चेक हस्तान्तरण गरेका थिए । अल्ट्राका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दर्जन भन्दा बढी उपाधि जितिसकेकी मिरालाई सरकारले आर्थिक सहयोग गरेको यो पहिलो पटक हो । जब की अल्ट्रा धावककै नाममा सरकारले सञ्जय पण्डितलाई पटक पटक आर्थिक सहयोग गरेको छ ।

घुँडाको शल्यक्रियापछि मिरा अहिले आराम गरिरहेकी छिन् । गत महिनामा मात्र उनी टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा परेकी थिइन् । अवार्डको मनोनयन मिरासहित १० जना छन् ।
मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनोट हुने गर्छ । मनोनयन परेका लागि नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत भोटिङको व्यवस्था छ । ज्योग्राफिकले सर्वाधिक भोट ल्याउनेलाई एड्भेन्चर अफ द इयर घोषित गरिनेछ । नोभेम्बर ३ देखि सुरु भएको भोटिङ डिसेम्बर १६ सम्म चल्नेछ । विजेताको घोषणा जनवरीमा हुनेछ ।
मिराले गत बर्ष फ्रान्समा म्याराथन डु मोन्ट ब्लान्स नामक ८० किलोमिटर दौडमा उपाधि जितेपछि उनी चर्चामा आएकी थिइन् । उनले त्यो दौड १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । भोजपुरमा जन्मिएकी २७ बर्षे मिरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । सेना समायोजनमा आयोग्य ठहरिएकी उनीले अल्ट्रा दौड सुरु गरेको केही महिनामै सफलता प्राप्त गरेकी थिइन् ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]