4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रकाश अधिकारी बहराइनको मानामामा जारी एसियाली युथ पारा गेम्स अन्तरगतको पारा ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
प्रकाशले हुमेद फाउजी अल्सेनानी माथि २१–१ र २१–२ को सोझो सेटमा पराजित गरेको र अब सेमिफाइनल प्रवेशका लागि ४ डिसेम्वरमा थाइल्यान्डका चिन्डानाई निनुडोमसकसँग प्रतिस्पर्धा गर्ने । अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए
त्यसअघि प्रकाशले एसएल– ४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले २१–१५ र २१–९ को सोझो सेटमा पराजित भएको र दोस्रो खेलमा भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराएको थियो ।
गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन् । ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन् । उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले नेपालको झण्डा बोकेकी थिइन् । गेम्म डिसेम्बर ६ तारिखसम्म चल्ने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]