4 years ago
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई पराजित गर्दै ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा शनिबार भएको फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१६ को जित निकालेको ढोरपाटनले दोस्रो सेट २५–२१ ले तथा तेस्रो सेटमा २५–२० को सहज जित निकाल्यो ।
यसैगरी, मण्डली स्पोर्ट्स क्लब पाल्पाले प्रदेश १ को रातो टोलीलाई २२–२५, २५–१८, २५–१९, २३–२५ र १५–१० ले हराउदै तेस्रो स्थान हात पारेको छ । उपाधिसँगै ढोरपाटनले १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजयी गुरुङ स्पोर्ट्स हाउसले ६१ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गरेको छ । तेस्रो भएको मन्डलीले ३१ हजार १ सय ११ रुपैया तथा चौथो भएको प्रदेश १ रातोले ११ हजार १ सय ११ रुपैया हात पारेको छ ।
प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर, प्रदेश १ का राम घताने उत्कृष्ट ब्लकर र ढोरपाटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए । मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले ३ हजार रुपैया पुरस्कार पाए ।
विजेता टोली तथा खेलाडीलाई राखेप सदस्य एकेन्द्र कुवँर र नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष याम बहादुर गुरुङ लगायत, स्पोर्ट्स हाउसका अध्यक्ष नवीन गुरुङलगायतले पुरस्कृत गरे ।
लिगकम नकआउटको आधारमा गत मंगलबारदेखि भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए । एक टोलीमा पाँच खेलाडी रहँदा कोर्टमा चार खेलाडी हुनुपर्ने प्रावधान रहेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]