4 years ago
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीले कमिटीका पूर्व महासचिव समेत लामा टेन्डी शेर्पाको निधनको १४औं पुण्य तिथिमा मंगलबार शोक सभा कार्यक्रमको आयोजना गरेको छ ।

शेर्पाको मंसिर ८ मा निधन भएको थियो । नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष रहेका टेन्डी शेर्पा राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष पनि हुन् । त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायत विभिन्न संघका पदाधिकारीले स्वर्गीय लामाको तस्विरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
कमिटीको सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसँगै स्वर्गीय लामा बुबा टेन्डी पासाङ शेर्पा तथा नेपाल बास्केटल संघका कार्यवाहक भीमसेन गुरुङले नेपाली खेलकुदमा उनको योगदानबारे चर्चा गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]