4 years ago
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिक छनोटको तयारीका लागि इटाली जान लागेका स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले किट्स प्रायोजन गरेको छ । सफलरामलाई बिहीबार केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले किट्स हस्तान्तरण गरेका छन् ।

केल्मी नेपालले यसअघि ओलम्पिक र पारालिम्पिक खेल्ने नेपाली खेलाडीलाई पनि किट्स प्रायोजन गरेको थियो । त्यस्तै केल्मीले राष्ट्रिय भलिबल टोली महिला र पुरुष दुवैलाई प्रायोजन गर्दै आएको छ ।
सफलरामले इटालीको पगानेला स्की रिसोर्टमा प्रशिक्षण गर्नेछन् । उनले जनवरी १६ देखि विभिन्न अन्तर्राष्ट्रिय एफआइएस च्याम्पियनसिपमा भाग लिने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]