4 years ago
December 11, 2021
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष-महिला भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत च्याम्पियनसिपमा महिला र पुरुषमा समान ५ टोली गरी १० टोलीको सहभागिता रहने जानकारी गराएको हो । च्याम्पियनसिप पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा २६ पुसदेखि १ माघसम्म आयोजना हुदैछ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बल (एपीएफ), साविक विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लवको सहभागिता रहनेछ ।
महिलातर्फ विभागीय टोलीहरु नेपाल पुलिस क्लब, र सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ । आयोजक टाइगर ग्रुपले दोश्रो संस्करणमा आफ्नो महिला टिमलाई मैदानमा उतार्न लागेको बताए ।
टिमको नेतृत्व राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्नेछन् । यसपटक टोलीले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान राखिएको हो र नेपाल भलिवल संघको नियमनुसार टिमहरुले विदेशी खेलाडी भित्रयाउन पाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरिएको छ ।
महिला र पुरुष उपाधि विजेता टिमले समान ३–३ लाख रुपैयाँ हात पार्नेछन् । उपविजेता हुने महिला र पुरुषको दुवै टोलीले समान १ लाख ५० हजार, तेथी हुने महिला र पुरुष टोलीले ७५ हजार र सान्त्वना हुने महिला र पुरुष टिमले ३५ हजार रुपैया हात पार्नेछन् । महिला तथा पुरुषतर्फ उत्कष्ट एक–एक खेलाडीले समान २५ हजार रुपैयाँ हात पार्नेछ । हरेक विधाका उत्कृष्ट खेलाडीले समान १०–१० हजारसहित र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजना, नेपाल भलिवल संघको स्वीकृती, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार यूवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पश्चिमाञ्च क्षेत्रिय खेलकुद विकास समिती, जिल्ला खेलकुद विकास समिती कास्की, पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ, जिल्ला भलिवल संघ कास्कीको विशेष सहयोगमा दोश्रो टाइगर कप हुन लागेको हो ।
पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हामीले यो पटक विशेष तयारी थालेको र प्रतियोगितालाई थप आकर्षण दिन यसपटक विशेष प्रकारको ’फोल्डिङ’ मञ्च निर्माण गर्ने बताएको छ । १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने र वृद्धवृद्धालाई खेल हेर्न छुट्टै व्यवस्थासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन हामीले आयोजक समिती गठन गरी अघि बढिसकेको प्रतियोगिता संयोजकमा शिव श्रेष्ठ र सहसंयोजकमा गोविन्द थापा मगर रहेका छन ।
पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । पुरुषमा गण्डकीले आर्मीलाई ३–२ को सेटमा तथा पुलिसले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]