default_image

9 years ago

November 20, 2016

सेनाका कृष्णले जिते नेपालगन्ज पिस म्याराथन

331 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज पिस म्याराथनको उपाधि नेपाली सेना कृष्ण बस्नेतले जितेका छन् । आइतबार उनले २ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । म्याराथनका शीर्ष ५ भित्र सेनाका खेलाडी नै परेका छन् ।

krishna-army

सेनाकै खगेन्द्र बहादुर भाट दोस्रो र खड्ग बहादुर खड्का तेस्रो भए । खगेन्द्रले २ घण्टा ३० मिनेट १३ सेकेन्डमा र खड्काले २ घण्टा ३४ मिनेट ०६ सेकेन्डमा दुरी पुरा गरेका थिए । सेनाका लाल बहादुर थापा चाथौै, मोहन जोशी पाँचौं र सशस्त्र प्रहरीको एपिएफ क्लवका खिम बहादुर खत्री छैटौं भए ।
बर्दियाका शेर बहादुर थारु सातौँ र सेनाका विष्णु कुमार तामाङ आठौँ भए । बस्नेतले ५१ हजार रुपैयाँसहित शिल्ड, प्रमाण पत्र प्राप्त गरे । खगेन्द्रले २५ हजार, खड्गले १५, थापाले १० हजार रुपैयाँ पाए । पाँचौंदेखि आठौं हुने खेलाडीले समान ५ हजार रुपैयाँ पाए । महिला हाफ म्याराथनका उपाधि एपिएफकी कान्छीमाया कोजुले जितिन् ।

५ किलोमिटर म्याराथुनमा छात्रा तर्फ जुम्लाका सरिता न्यौपाने जितिन् । जुम्लाकै अमृता भण्डारी दोस्रो र मन्जु रावत तेस्रो भइन् । त्यस्तै छात्रतर्फ बाँकेका सागर बुढाथोकी प्रथम, जुम्लाका नरेश बुढा र हेमराज थापा तृतिय भए । आइतबार नै भएको ४ सय मिटर ह्वील चियर तर्फ बाँकेका कलम बहादुर बस्नेत प्रथम, नन्कु चौधरी दोस्रो र यज्ञ बहादुर थापा तेस्रो भए । विजेताहरुलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
क्रियटिभ हेन्ड्सको आयोजना तथा मध्यपश्चिम खेलकुद विकास समिति र नेपाल एथ्लेटिक्स संघको समन्वयमा भएको नेपालगन्ज पिस म्याराथनको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा ‘नेपालगन्ज पिस म्याराथन’ भएको हो ।
गत वर्ष नेपाली सेनाका होमलाल श्रेष्ठ ‘नेपालगन्ज पिस म्याराथन २०१५ को उपाधि जित्न सफल भएका थिए । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गणेशसिंह ठकुरी द्वितीय र एपीएफकै दानबहादुर धामी तृतीय भएका थिए । महिला मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबकी कृष्णेश्वरी सिन्तकलाले जितेकी थिइन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.