4 years ago
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिव स्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो ।

सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी रहेका छन् ।
सचिवमा तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहाल छन् । खेलकुदको माध्यमबाट के कसरी अन्तर्राष्ट्रिय स्तरमा शसक्त सहभागिता गराइ उल्लेख्य पदक प्राप्त गरी राष्ट्रको गौरव र प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत भइ खेल, खेलाडी, प्रशिक्षण र प्रतियोगिताको स्तरलाई स्वच्छ, निश्पक्ष र निर्विवाद रुपमा सुधार गरी आगामी दिनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा शसक्त सहभागिताका लागि खेलकुदलाई समयानुकुल सुधार गर्दै उद्देश्य प्राप्तीसहितको अन्तर्राष्ट्रिय सहभागिता अत्यन्त आवश्यक देखिएको हुँदा राखेपमा उपयुक्त प्रतिवेदन पेश गर्न ९ बुँदे कार्यदेश (टीओआर) सहित कमिटी गठन गरिएको हो ।
कार्यदेशमा आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुष्ट्याइ र संख्या निर्धारण, एसियाली खेलकुदमा नेपालले खेलगत रुपमा सहभागी हुने खेलाडी संख्याको पुष्ट्याइसहित निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवाद रुपमा उत्कृष्ट खेलाडी छनोट गर्ने, राष्ट्रिय टिम तयारीका लागि निष्पक्ष रुपमा दक्ष प्रशिक्षकको छनोट गर्ने लगायत छन् ।
बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण पद्धतिको अनुगमन निरिक्षण गरी प्रशिक्षणको क्रममा देखिएका त्रूटिलाई सुधार गरी नतिजामुलक तयारी, राखेपबाट उपलब्ध हुने सेवा सुविधालाई समयानुकुल सुधार गरी नियमित बनाइ व्यवस्थापन गर्ने, खेलकुदको प्रशिक्षण क्रममा अति आवश्यक प्रशिक्षण सामाग्री र पद्धतिको पहिचान गरी सोको उचित व्यवस्थापनका लागि सिफारिस गर्ने, राष्ट्रिय खेल संघहरुसंग आवश्यक समन्वय गर्ने र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समन्वय कायम गर्ने सम्बन्धमा रहेका छन् ।
कमिटीको सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी गराए ।
बैठकमा सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुष्ट्याइ, खेलाडी छनोट त्रूटिरहित हुनु पर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुरा भन्दा नतिजामुखी काममा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]