4 years ago
December 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

विधान र विशालको जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् ।
विजयी टिमले ५० हजार नगद मेडल र ट्रफी प्राप्त गरे । यस्तै उपविजयी टिमले २५ हजार सहित मेडल र ट्रफी प्राप्त गरे । तृतीय स्थान प्राप्त गरेका बुटवलका विश्वास नेपाल र गणेश रायमाझी तथा एपिएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले नगद १० हजार प्राप्त गरे ।
हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधी हत्याए । उनले बालकुमारी रिमिक्स क्लबका आयुश्मान नागरीलाई २१–१२ र २२–२० ले पराजित गरे । विजयी खनालले नगद १५ हजार प्राप्त गरे । उपविजयी नागरीले नगद १० हजार, तृतीय स्थान प्राप्त गरेका सूर्यदर्शन ब्याडमिन्टन क्लबका सन्तोष पनेरु र क्लब सेभेनका डेभिड थापा मगरले नगद ५ हजार पाए ।
यस्तै महिला यु १९ तर्फ योङ्गबहालकी रोज पाण्डेले उपाधी जितिन् । उनले बालकुमारी रिमिक्स क्लबकी प्राथना देउवालाई २१–१८ र २१–१४ को सहज जित निकालिन् । विजयी पाण्डेले नगद १५ हजार प्राप्त गरे । उपविजयी देउवाले १० हजार पाए । धादिङकी बविता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले ५ हजार पाइन् । चार दिस सम्म संचालन भएको भेट्रान युगलतर्फ पिएफसीका संजय कपाली र श्याम लामाको जोडी पहिलो भए ।
विजयी टोलीले नगद ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई टोलीले समान ५ हजार पाए । प्रतियोगितामा यु १९ पुरुष तथा महिला एकल खुल्ला, पुरुष युगल र भेट्रान ४५ माथी गर चार विधामा प्रतिस्पर्धा भएको थियो ।
यु–१९ पुरुष एकलतर्फ ५० खेलाडी, महिला एकल तर्फ १३, पुरुष युगलमा ५५ जोडी र भेट्रान ४५ बर्ष माथी २१ जोडीले प्रतिस्पर्धा गरेका थिए । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले पुरस्कृत गरिन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]