default_image

4 years ago

December 21, 2021

कुमारी, टेलिकम, विद्युत प्राधिकरण र सिल्कको विजयी सुरुवात

331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पुरुष एकलमा कुमारीका सुदिप सेढाईंले साजन कृष्ण ताम्राकारलाई २१–१८ र २१–१९ को सेटमा तथा महिला एकलमा सुनयना मुखियाले सम्झना शर्मालाई २१–९ र २१–११ को सोझो सेटमा पराजित गरिन् । यस्तै पुरुष डबल्स्मा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल महेश स्वारलाई २१–१५ र २१–२७–२५ ले पराजित गर्‍यो ।

यस्तै नेपाल टेलिकमले नेपाल राष्ट्र बैंकलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुष एकलमा रत्नजित तामाङले दिपेश धामीलाई २१–१५, २२–२४ र २१–१७ को सेटमा पराजित गर्‍यो । महिला एकलमा सीमा राजवंशीले अमिता गिरीलाई २१–११, १२–२१ र २१–१८ ले पाखा लगाइन् । पुरुष डबल्समा सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले रिकिकेश भट्ट र डिला राम सुवेदीको जोडीलाई २१–१४ र २१–१४ ले पराजित गरेको छ ।

अर्काे खेलमा सिल्क ग्रुपले नेपाल आयल निगमलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो । पुरुष एकलमा विकास श्रेष्ठले विष्णु कटवाललाई १७–२१, २१–१७ र २१–१९ ले पराजित गर्दा महिला एकलमा आयल निगमका रशिला महर्जनले अनुमाया राईलाई २१–१८, २३–२१ र २१–८ ले पराजित गरिन् । पुरुष डबल्समा सुवास अधिकारी र रमेश शेर्पाले २१–१२ र २२–२० को सेटमा तथा महिला डबल्समा अनुमाया राई र टासी शेर्पाले शर्मिला कटवाल र रशिला महर्जनलाई २१–१६ र २१–१४ ले पराजित गरेको छ ।

अर्काे खेलमा नेपाल विद्युत प्राधिकरणले आइएमई ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइएमई ग्रुपका नविन श्रेष्ठले दीपक बोहोरालाई २१–१४ र २१–१६ ले तथा नङ्सलदेवी तामाङले शोभा गौचनलाई २१–१२ र २१–१५ ले पराजित गरिन् ।

नेपाल विद्युत प्राधिकरणका श्री प्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजन श्रेष्ठको जोडीलाई २१–५ र २१–१ को सेटमा हरायो । यस्तै शोभा गौचन र याम कुमारी गुरुङको जोडीले स्मारिका यरुसा श्रेष्ठ थापा र नङ्सल तामाङको जोडीलाई २१–११ र २१–१२ को सेटमा हरायो । पुरुष डबल्सको अर्काे खेलमा दीपक बोहोरा र राजु महर्जनको जोडीले निशान्त ढकाल र नविन श्रेष्ठको जोडीलाई २१–१८ र २१–१८ को सेटमा पराजित गर्‍यो ।

६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरणले सहभागिता जनाएको छ । हरेक टोलीमा महिला पुरुषको शीर्ष वरियताको ८–८ खेलाडीको सहभागिता रहेको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।

पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पाेरेट्स डबल्समा कर्पाेरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पाेरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् ।

करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपैयाँ पाउनेछन् । वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.