default_image

4 years ago

December 22, 2021

नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

417 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो ।

टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को सेटमा हरायो । पुरुष एकलमा रत्नजित तामाङले दिपक बोहोरालाई २१–९ र २१–११ को सोझो सेटमा पराजित ग¥यो । महिला एकलमा प्राधिकरणकी शोभा गौचनले सीमा राजवंशीलाई २३–२१ र २४–२२ ले पराजित गरिन् ।

पुरुष डबल्समा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले टेक बहादुर बुढा र रत्न श्रेष्ठको जोडीलाई २१–१५ र २१–१७ ले पराजित ग¥यो । महिला डबल्समा प्राधिकरणकी शोभा गौचन र याम कुमारी गुरुङको जोडीले जेटी गुड्डी कार्की र सीमाको जोडीलाई २१–१५ र २४–२२ ले हराइन् । पुरुष डबल्सको अर्काे खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दीपक बोहोरा र राजु महर्जनको जोडीलाई २१–१९ र २१–१० को सोझो सेटमा पाखा लगायो । यसअघि टेलिकमले नेपाल राष्ट्र बैंकलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

आइएमईविरुद्ध रत्नजितले पुरुष एकलमा नविन श्रेष्ठलाई २१–१४, १८–२१ र २१–१६ ले हरायो । महिला एकलमा आइएमईकी नङ्सल तामाङले सीमा राजवंशीलाई २१–९ र २१–१४ ले पराजित गरिन् ।

पुरुष डबल्समा हरि कृष्ण शर्मा र राजेन्द्र श्रेष्ठको जोडीले सरोज बस्नेत र निशान्त ढकालको जोडीलाई २१–९ र २१–७ ले तथा महिला डबल्समा जेटी गुड्डी कार्की र सीमाको जोडीले स्मारिका र नङ्सलको जोडीलाई १६–२१, २१–१८ र २१–१५ ले हराइन् । टेलिकमले लिग चरणमा लगातार तेस्रो जित निकाल्यो यसअघि पहिलो दिन टेलिकमले नेपाल राष्ट्र बैंकलाई हराएको थियो ।

यस्तै सिल्क ग्रुपले तीन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बुधबार पहिलो खेलमा कान्तिपुर पब्लिकेसन्सलाई ३–२ को सेटमा हराएको सिल्तले अर्काे खेलमा कुमारी बैंक लिमिटेडलाई ३–१ को सेटमा पराजित गरेको छ । कान्तिपुरविरुद्ध पुरुष एकलमा साजन कृष्ण ताम्राकारले विकास श्रेष्ठलाई २१–१८ र २१–१८ ले पराजित गरेको छ ।

महिला एकलमा अनुमाया राईले सम्झना शर्मालाई २१–९ र २१–१३ ले पराजित गरिन् । पुरुष डबल्समा प्रकाश बडु र व्रिदेन सुब्बाको जोडीले सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२० र २२–२० को सेटमा हरायो । महिला डबल्समा अनुमाया राई र टासी शेर्पाले रिमा गिरी र सम्झना शर्मालाई २१–४ र २१–८ तथा पुरुष डबल्सको अर्काे खेलमा रमेश शेर्पा र विकास श्रेष्ठको जोडीले व्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४ र २१–१० ले हरायो ।

विकास श्रेष्ठले सुदिप सेढाईलाई २१–१५ र २१–१०, अनुमाया राईले सुनयना मुखियालाई २१–१० र २१–१६ ले पराजित ग¥यो । पुरुष डबल्समा कुमारीका बिक्रम निरौला र निरज राईले सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१ र २१–१७ ले हराउँदा महिला डबल्समा अस्मिता कँडेल र सुनयना मुखिया रिटायर्ड हर्ड हुँदा अनुमाया राई र टासी शेर्पा विजयी हुन सफल भयो ।

नेपाल आयल निगमले कुमारी बैंकलाई ३–१ को सेटमा पराजित गरेको छ । पुरुष एकलमा विष्णु कटवालले सुदिप सेढाईलाई २१–१४, १७–२१ र २१–११ ले पराजित गर्दा महिला एकलमा रशिला महर्जनले सुनयना मुखियालाई २१–१५ र २१–९ को सेटमा पराजित गरेको छ । पुरुष डबल्समा कुमारीका विक्रम निरौला र निरज राईले आयल निगमका लक्ष्मण विश्वकर्मा र राम विश्वकर्माको जोडीलाई २१–९ र २१–११ ले पराजित गर्दा महिला डबल्समा शर्मिला कटवाल र रशिला महर्जनले अस्मिता कँडेल र सुनयना मुखियालाई २१–४ र २१–११ हरायो ।

यस्तै नेपाल राष्ट्र बैंकले आइएमई ग्रुपलाई ३–१ को सेटमा पराजित गरेको छ । पुरुष एकलमा दिपेश धामीले नविन श्रेष्ठलाई २१–१४ र २१–१९ ले पराजित गर्दा महिला एकलमा आइएमईकी नङ्लि तामाङले अमिता गिरीलाई १९–२१, २१–११ र २१–१३ को सेटमा पराजित ग¥यो ।

पुरुष डबल्समा राजन कृष्ण पन्त र डिलाराम सुवेदीको जोडीले निशान्त ढकाल र अजय थापाको जोडीलाई २२–२२ र २१–८ ले तथा महिला डबल्लमा अमिता गिरी र राग्नी सिंहले स्मारिका यरुसा श्रेष्ठ थापा र नङ्सलको जोडीलाई १९–२१, २१–१९ र २१–१९ को सेटमा हरायो ।

६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरणले सहभागिता जनाएको छ । ५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ । करिब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीले पनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.