default_image

4 years ago

December 24, 2021

नेपाल टेलिकमलाई काठमाडौं टिम च्याम्पियनसिप उपाधि

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि जितेको छ ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलमा सिल्क ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८ र २१–१३ को जित निकाल्दै १–० को अग्रता दिलाए । दोस्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजवंशीमाथि २१–१४ र २१–१५ को सेटमा आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा ल्याइन् ।

तेश्रो कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुवाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२ र २१–५ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । चौथो महिला युगलको खेलमा टेलिकमकी सिमा राजबंशीको घुँडामा चोट बल्झेपछि रिटायर्ड हर्ट भई खेल छोडेपछि परिणाम २–२ को अवस्थामा पुग्यो ।

तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठको जोडीलाई हरि कृष्ण शर्मा र रत्नजित तामाङको जोडीले २१–१७ र २२–२० ले जित्दै उापधि जित्न सफल भए ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका बिजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै वरीयता प्राप्त विजेता टोलीका रत्नजित र सीमाले समान ७५ हजार रुपैया प्राप्त गरे । वरीयता प्राप्तमा दोस्रो भएका विकास श्रेष्ठ र अनुमाया राईले समान ६० हजार रुपैया प्राप्त गरे । वरीयतामा तेस्रो भएका विष्णु कटुवाल, दीपक बोहोरा, रशिला महर्जन र शोभा गौचनले समान ५५ हजार रुपैया हात पारे ।

यस्तै नेपाल टेलिकमले फाइनल प्रवेश गरेका वरीयता प्राप्त रत्नजित तामाङ, बिकास श्रेष्ठ, अनुमाया राई र सीमा राजवंशीलाई वार्षिक ६० जिवी डाटा उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिमको बिजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठलगायतले पुरस्कृत गरे । करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीहरुले दर्ता हुने वित्तिकै २० हजार प्राप्त गरे भने प्रत्येक खेलबापत थप २५ सय प्राप्त गरे ।

पुस ६ गते सुरु भएको च्याम्पियनसिपमा टेलिकम र सिल्क ग्रुपसँगै कुमारी बैंक, नेपाल राष्ट्र बैंक, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, र नेपाल विद्युत प्राधिकरणसहभागिता थियो।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.