4 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । नेपालको ३ खेलमा ३ अंक छ । उज्वेकिस्तानको पनि ३ अंक नै छ ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग ३–० को सोझो सेटमा हार बेहोर्दा दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको थियो । शनिबार श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
अंकविहीन रहेको माल्दिभ्सलाई हराउन सके नेपालले शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना रहँदा तेस्रो र चौथो स्थानको लागि खेल्ने पक्का हुनेछ । लिग चरणमा बंगलादेश र श्रीलंकाको दुई खेलबाट समान ६ अंक छ । नेपाल र उज्वेकिस्तानको समान तीन खेलमा ३ अंक छ । माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।
टोलीसँग कप्तान इम बहादुर राना, मानबहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, राजेन्द्र विष्ट, विशाल विके, भैरव बम, सरन सामरी क्षेत्री, हरिहजुर थापा, विनोद चन्द र टेक राज अवस्थी रहेका छन् ।
यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै लिग चरणमा पहिलो जित निकाल्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाउन चहान्छ । माल्दिभ्सले दुई खेल खेल्दा दुवैमा हार बेहोरेको छ ।
आज नै शीर्ष स्थानमा रहेको बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । सोमबार श्रीलंका र माल्दिभ्स तथा बंगलादेश र उज्वेकिस्तानबीच खेल हुनेछ । मंगलबार फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]