4 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् ।

विरेन र किरणको जोडीले रवि र प्रेमको जोडीलाई २१–१४, २०–२२ र २१–१५ को सेटमा पराजित गरेको छ । चन्द्र र राज कुमारको जोडीले किरण राई र उत्तम गुरुङको जोडीलाई २२–२० र २१–१८ को सेटमा पराजित गर्नै उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै दुवै समूहको विजेताले ५ हजार हङकङ डलर प्राप्त गरेका छन् ।
विजयी खेलाडीलाई राजदुत उदय बहादुर रानामगर, महिला संघका अध्यक्ष तथा एनआरएनए हङकङकी राधिका गुरुङ (टिका), हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुन, युवा व्यवसायी प्रविन किशोर राईलगायतले पुरस्कृत गरे ।

हङकङ नेपिल्ज ब्याडमिन्टन एसोसिएसनको आयोजनमा भएको प्रतियोगितामा समूह ‘क’ मा ११ तथा समूह ‘ख’ मा पनि ११ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]
November 16, 2025
एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]