4 years ago
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज राउन्ड रोविनको अन्तिम खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार बिहान ११–१५ बजे हुनेछ । यस खेलमा जित हात पारे नेपाल राउन्ड रोविन लिगको शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गर्नेछ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ३–२ को सेटमा जित निकाल्दा त्यसपछिको सबै तीन खेलमा ३–० को सोझो सेटमा जित निकालेको छ ।
अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको १० तथा उज्वेकिस्तानको ९ अंक छ । नेपालले सन् २०१९ मा किर्गिस्तानसँग राउन्ड रोविनमा प्रतिस्पर्धा गरिसकेको छ । उक्त खेलमा नेपालले ३–० को सोझो सेटमा जित निकालेको थियो । नेपाल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा कोर्टमा उत्रनेछ ।

टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, उषा भण्डारी, साफिया पुन र सलिना श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ । यस्तै कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द पनि टोलीमा छन् ।
नेपालले खेल्नुअघि फाइनल प्रवेशका लागि श्रीलंका र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । यस खेलमा जित हात पार्ने टोलीले नेपालसँग फाइनल खेल्नेछ । श्रीलंकाको १० तथा उज्वेकिस्तानको ९ अंक छ । दुवै टोलीलाई फाइनलमा स्थान बनाउन जितको आवश्यक छ ।
किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन । महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल मंगलबार हुनेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]