4 years ago
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बंगलादेशमा सोमबार बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । मिति नतोकिएपनि अब सन् २०२२ भित्र माल्दिभ्समा सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आयोजना हुनेछ ।
माल्दिभ्स भलिबल एसोसिएन (भाम) ले पनि सन् २०२२ को सेन्ट्रल जोन माल्दिभ्सले आयोजना गर्ने पक्का भएको जनाएको छ । माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपाली पुरुष भलिबल टोलीले कास्यपदक जित्न सफल भएको थियो । महिलातर्फको पहिलो च्याम्पियनसिप सन् २०१९ मा बंगलादेशमै आयोजना भएको थियो ।

यस संस्करणको सेन्ट्रल जोन बंगलादेशमा जारी छ । च्याम्पियनसिपमा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालको महिला टोली अपराजित रहदै फाइनल प्रवेश गरिसकेको छ । नेपालले मंगलबार उज्वेकिस्तानसँग उपाधिका लागि खेल्नेछ । पुरुष टोलीले मंगलबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]