default_image

2 years ago

December 28, 2021

नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपाली उज्वेकिस्तानलाई पराजित गर्दै अपराजित नै रहँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ । […]

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइल तस्विर

खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपाली उज्वेकिस्तानलाई पराजित गर्दै अपराजित नै रहँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ ।

नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । नेपाल सोही इतिहास दोहो¥याउन चहान्छ ।

नेपालले च्याम्पियनसिपको राउन्ड रोविनको पाँच खेलमा १७ सेट खेल्दा १५ सेट जितेका छ । दुई सेट श्रीलंकासँग गुमाएको थियो । राउन्ड रोविनमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाल सोही जितको लयलाई निरन्तरता दिने योजनामा कोर्टमा उत्रनेछ ।

टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, सलिना श्रेष्ठ र यसै च्याम्पियनसिपबाट महिला टोलीमा डेब्यु गरेकी शान्ति थारुको साथ रहेको छ । यस्तै उषा भण्डारी, साफिया पुन, कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द पनि टोलीमा छन् ।

यता, लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को सेटमा स्तब्ध पारेर हौसिएको उज्वेकिस्तान पनि नेपाललाई स्तब्ध पार्दै च्याम्पियन बन्ने दाउँमा हुनेछ । च्याम्पियनसिपमा उज्वेकिस्तानले नेपालसँगको खेल मात्रै गुमाएको छ ।

२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

अपराजित रहेको नेपालले राउन्ड रोविनको ५ खेलबाट १४ अंक बटुल्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहेपनि श्रीलंका सेटमा पछि प¥यो । अब श्रीलंकाले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–२ को सेटमा जित निकाल्दै २ अंक जोडेको छ । सबै खेलमा हारको नतिजा निकालेको माल्दिभ्सले पनि १ अंक जोड्न सफल भयो ।

पुरुषतर्फ नेपाली टोलीले तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्नेछ । खेल दिउँसो १ः१५ बजे हुनेछ । पुरुष टोलील सेन्ट्रल जोनको तेस्रो संस्करणमा कास्य जितेको थियो । यसपटक पनि नेपाली टोली कास्य जित्ने लक्ष्यसहित कोर्टमा उत्रनेछ । उज्वेकिस्तानलाई नेपालले लिग चरणमा ३–१ को सेटमा हराएको थियो ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.