4 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको तेस्रो स्थानको लागि नेपालले आज (मंगलबार) उज्वेकिस्तानसँग खेल्दैछ ।

खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा दिउँसो १ः१५ बजे हुनेछ । पुरुष टोली उज्वेकिस्तानलाई हराउँदै कास्यपदक जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।
सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो सस्करणमा नेपालले कास्यपदक जितेको थियो । सो पदक नेपाली भलिबलले जितेको पहिलो ऐतिहासिक पदक बनेको थियो । पुरुष टोली सोही पदक जित्ने लक्ष्यसहित कोर्टमा उत्रनेछ । राउन्ड रोविन लिगमा उज्वेकिस्तालाई ३–१ को सेटमा हराएको नेपाल सोही जितलाई निरन्तरता दिदै कास्यपदक जितने लक्ष्यमा कोर्टमा उत्रनेछ ।
टोलीसँग कप्तान इम बहादुर राना, मानबहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, राजेन्द्र विष्ट, विशाल विके, भैरव बम, सरन सामरी क्षेत्री, हरिहजुर थापा, विनोद चन्द र टेक राज अवस्थी रहेका छन् । नेपालले लिग चरणमा उज्वेकिस्तान ३–१ को सेटमा तथा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । बंगलादेशसँग ३–० को तथा श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको थियो ।
यता, लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएपछि उज्वेकिस्तानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नुपरेको हो । साविकको उपविजेता उज्वेकिस्तान नेपाललाई हराउँदै कास्य जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।
पुरुषतर्फको उपाधिका लागि घरेलु टोली बंगलादेश र श्रीलंकाबीच खेल हुँदैछ । पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]