4 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशमा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विजेता बन्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सन्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई तथा थप सफलताको शुभकामना प्रदान गरेका हुन् । उनले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई ।’ भन्दै ट्वीट गरेका छन् ।
नेपालले मंगलबार बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा उज्वेकिस्तानलाई ३–२ को सानदार जित निकाल्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले उज्वेकिस्तानलाई हराउन सफल भएको थियो । लिग चरणमा भने नेपालले ३–० को सोझो सेटमा जित निकालेको थियो ।

नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई सोझो सेटमा हराएर एक सेट पनि नगुमाई उपाधि उचालेको थियो । यसपटक उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा कायम राख्न सफल भएपनि सेट गुमाउन पुगेको थियो । नेपालले च्याम्पियनसिपमा कुल ६ खेलमा २२ सेट खेल्दा १८ सेटमा जित र ४ सेट गुमायो । लिग चरणको पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो ।
पुरुषतर्फ भने नेपाल चौथो भयो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा नेपाल उज्वेकिस्तानसँग १५–२५, १७–२५ र २२–२५ ले नतिजा सुम्पिएको थियो । नेपालले च्याम्पियनसिपमा ५ खेल खेल्दा २ खेलमा जित र ३ खेलमा हार बेहोर्यो । नेपालले लिग चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदा बंगललादेश, श्रीलंका र उज्वेकिस्तानसँग हार बेहोर्यो ।
२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]