default_image

4 years ago

December 29, 2021

भलिबल टोली बिहीबार स्वदेश फर्कने

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुवै राष्ट्रिय भलिबल टोली बिहीबार स्वदेश फर्कने भएको छ । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्कन लागेका हुन् ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले मौसम सफा भएको अवस्थामा टोली बिहीबार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा उत्रने जानकारी दिए । महिला र पुरुष टोलीमा समान १२ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापक रहेका छन् ।

पुरुष टोलीका मुख्य प्रशिक्षक हान एबिङ भने बंगलादेशबाटै आफ्नो देश नेदरल्यान्ड्स जानेछन् । उनलाई बुधबारै नेपाल भलिबल संघका पदाधिकारीले बंगादेशमै बिदाई गरेका छन् । उनी फिभको सहयोगमा नेपाली पुरुष टोलीलाई प्रशिक्षण दिन मंसिर पहिलो साता नेपाल आएका थिए ।

निर्णायकको रुपमा एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्णप्रसाद चौलागाई रहेका छन् । टोलीसँगै नेपाल भलिबल संघको कार्यवहाक अध्यक्ष याम गुरुङ, महासचिव जितेन्द्र बहादुर चन्द र कोषाध्यक्ष सुनकेशरी माली रहेका छन् ।

नेपालले बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो । यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो ।

यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो । पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक विहीन बन्न पुगेको थियो ।

नेपाली टोली च्याम्पियनसिपका लागि ५ पुसमा ढाका प्रस्थान गरेको थियो । नेपाल भलिबल संघले बिहीबार दिँउसो १ बजेपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्राङ्गणमा बधाई तथा शुभकामनाको कार्यक्रमा राखेको छ ।

महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी, जगदिश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)

पुरुष टोली
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री, विनोद चन्द, हान एबिङ (मुख्य प्रशिक्षक), प्रज्वल बहादुर सिंह (प्रशिक्षक) र मंगल श्रेष्ठ (व्यवस्थापक) श्याम श्रेष्ठ

निर्णायक – विजयी केसी (एसियन रेफ्री क्यान्डिडेट) र पुर्ण प्रसाद चौलागाई (एसियन रेफ्री क्यान्डिडेट)

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.