default_image

4 years ago

January 8, 2022

टाइगर कप भलिबलको तयारी पूरा

349 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । टाइगर कप भलिबल पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा पौष २६ गतेबाट माघ १ गतेसम्म सञ्चालन हुदैछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ ।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल रहेको छ । पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब रहेका छन् ।

महिलातर्फ आयोजकको टोलीमा नेपाल महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा श्रीलंकाकी महिला भलिबलका कप्तानसहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लमा भारतीय राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा साविकको विजेता गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्नेछन् । उद्घाटन अघि राउन्ड रोविन लिगका खेलहरु शुरु भइसक्नेछ । हरेक दिन चार खेल हुनेछ ।
महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिता हेर्न साउथ सेन्ट्रल एशियन भलिवल एशोसियसनका अध्यक्ष मोहमद लतिफ पनि आउनेछन् ।

प्रतियोगितालाई थप आकर्षण दिन यसपटक ‘फोल्डिङ’ मञ्च निर्माण गरिसकेको आयोजकले जनाएको छ । खेलप्रेमी दर्शकका लागि अस्थायी प्याराफिट, जेष्ठ नागरिकलगायत फरक क्षमता भएका दर्शकका लागि छुट्टै व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा २ सय २ सय प्रवेश शुल्क निर्धारित गरिएको छ । ई–सेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’ ले ५ हजार प्राप्त गर्नेछ । केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको छ । टाइगर कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमको फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ ।

शुश्री मिडिया प्रालि काठमाडौं मुख्य प्रायोजक, राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण केवल कार प्रालि, मुक्तिनाथ विकास बैंक, ई–सेवा रेमिट, नेपाल टेलिकम, केएफसी, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रालि, होटल बाराही, होटल पेनेन्सुल्ला, विश्वकर्मा सप्लायर्स, माउण्ट कैलाश रिसोर्ट, कास्की जिल्ला कवाडी संघ, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, हाम्रो खेलकुद डटकम, केल्मी, गण्डकी प्रदेश, नेपाल भलिबल संघ, नेपाल भलिबल संघ जापान शाखा, पोखरा महानगर पालिका, प्रभु बैंक लिमिटेड र अन्नपूर्ण गाउँ पालिका सहयोगी संस्थाको रुपमा रहेका छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.