4 years ago
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ ले राष्ट्रिय भलिबल खेलाडी तथा फुटबल खेलाडीलाई नगदसहित सम्मानसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई टाइगर कप भलिबलको प्रतियोगिताको लागि बिदाई गरिएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का अध्यक्ष बाल मुकुन्द बिडारीले चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का राष्ट्रिय भलिबल खेलाडी (होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब) का खेलाडी, प्रशिक्षक तथा पुर्व राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथोकीलाई एकमुष्ठ १ लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मनित गरेको हो ।
सोही अवसरमा पोखरामा सोमबारदेखि शुरु हुने दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन लागेको डायमन्डको टोलीलाई अध्यक्ष विडारीले सफलताको शुभकामनासहित बिदाई गरेको छ । डायमन्ड आइतबार पोखरा प्रस्थान गर्दैछ ।
यसपटक डायमन्ड आफ्नो प्रमुख खेलाडी झरना श्रेष्ठ, प्रतिक्षा गुरुङ र अरुणा शाहीविना नै टाइगर कपमा प्रतिस्पर्धा गर्दैछ । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तासमेत रहेकी अरुणाले आयोजक टाइगर ग्रुपबाट खेल्नेछिन् । ओपन स्पाइकर झरना श्रेष्ठ वार्षिक परीक्षाका कारण तथा सेटर प्रतिक्षा अध्ययनका क्रममा रहेका कारण टोलीसँग उपलब्ध हुनेछैनन् । यि तीन खेलाडीको अभाव टोलीलाई खड्कन सक्नेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]