4 years ago
January 11, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
पहिलो सेटमा २५–२२ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा तेस्रो सेटमा २५–२० को सहज जित निकाल्न सफल भयो । लगातार दोस्रो जितसँगै पुलिसको दुई खेलबाट ५ अंक पुगेको छ । पुलिसले पहिलो खेलमा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–२ को पूनरागमन जित निकालेको थियो । पहिलो हार बेहोरेको गण्डकीको दुई खेलबाट ३ अंक छ ।

अर्काे खेलमा उपाधि दावेदनर आर्मीले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजि गर्दै विजयी सुरुवात गरेको छ ।पहिलो सेटमा २५–१६ को सहज जित निकालेको आर्मीले दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछि आर्मीले २५–१५ र २५–२१ को जित निकाल्न सफल भयो ।
जितसँगै आर्मीको एक खेलबाट ३ अंक छ । लगातार दोस्रो हार बेहोरेको एपिएफले अंकको खाता खोल्न सकेको छैन । हेल्प नेपालको एक खेलबाट १ अंक छ । महिलातर्फ आज एपिएफ र आर्मी तथा होङ्गान्जी न्यु डायमन्ड र आयोजक टाइगर ग्रुपबीच प्रतिस्पर्धा हुदैछ ।
१ माघसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।
महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]