4 years ago
January 13, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपालले दकोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको हो ।
पहिलो सेटमा आर्मी २५–१५ ले विजयी भएको थियो । दोस्रो सेट २०–२५ ले गुमाएको आर्मीले तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २४–२३ को अवस्थाबाट दुई अंक जोड्दै २६–२४ को जित निकाल्न सफल भएको हो ।
जितसँगै आर्मीको तीन खेलबाट ६ अंक पुगेको छ । आर्मीसँगको हारसँगै साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल बाँकी रहेको गण्डकीको ३ खेलबाट ३ अंक नै छ ।

अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिको तीनै सेट २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
जितसँगै हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ । लगातार चौथो हार बेहोरेको एपिएफले प्रतियोगितामा अंकको खाता खोल्न सकेन ।अब शुक्रबार हुने खेलबाट नै फाइनल पुग्जे दुई टोलीको टुंगो लाग्नेछ । शुक्रबार गण्डकी र हेल्प नेपाल तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]