4 years ago
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेट २१–२५ ले गुमाएपनि आर्मीले त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुगेको हो । दोस्रो सेट २५–१८ ले जितेको आर्मीले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा उच्च प्रदर्शन गरेको आर्मीले २५–१३ को सहज जित निकाल्न सफल भयो ।

जितसँगै आर्मीले चार खेलबाट ९ अंक जोड्यो । पराजित पुलिसको ३ खेलबाट ३ अंक छ । एपिएफको ५ तथा होङ्गान्जी न्यु डायमन्डको ७ अंक छ । आयोजक टाइगर ग्रुप अफ पोखराले अंकको आता खोल्न सकेको छैन ।
अब न्यू डायमन्ड र एपिएफमध्ये एक टोली फाइनलमा प्रवेश गर्नेछ । डायमन्डले पुलिससँग खेल्न बाँकी छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]