4 years ago
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ ।
आर्मी दुई वर्षपछि कुनैपनि भलिबल प्रतियोगितामा पहिलोपटक फाइनल खेल्दैछ । काठमाडौंमा भएको शेर बहादुर कप भलिबलमा आर्मीले एपिएफसँगै फाइनल खेलेको थियो । राउन्ड रोविन लिगमा पनि आर्मीले एपिएफलाई हराएका कारण सोही जितलाई निरन्तरता दिदै च्याम्पियन बन्ने दाउँमा हुनेछ । एपिएफलाई हराएर च्याम्पियन बन्न सके आर्मी पहिलोपटक च्याम्पियन बन्दै इतिहास रच्नेछ ।

पुलिस र एपिएफले भन्दा पछिमात्रै महिला भलिबल शुरु गरेको आर्मी उपाधिको संघारमा रहेको छ । यसपटक आर्मीले फाइनल यात्रामा एपिएफ र पुलिसकै चुनौती पन्छाउन सफल भएको थियो ।
टोलीसँग कप्तान कृपा अधिकारी, शान्ति थारु, साफिया पुन, सुनिता खड्का, संगम महतो, जानकी भण्डारी, मनिषा खाँड, सरस्वती जैशी, पुष्पा पल्परिया, रेखा शाही, सृष्टि खड्गी र एलिसा भुजु रहेका छन् ।
यता, एपिएफ पनि लिग चरणमा भोगेको हारको बदला लिदै च्याम्पियन बन्ने दाउँमा हुनेछ । साविकको उपविजेता समेत रहेको एपिएफसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, बिनिता बुढाथोकी, पुजा चौधरी, हीरा केसी, उषा विष्ट, कविता भट्ट, शशी चौधरी, रस्मिता दुरा, मनिषा तामाङ, आरती सुवेदी लगायतका खेलाडीको साथ रहेको छ ।
पुरुषतर्फ मध्यान्ह १२ः३० बजे आर्मी र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
२६ पुसदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता रहेको छ । महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ । महिला तथा पुरुषतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]