4 years ago
January 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् ।

प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए ।
कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान गरेको थियो । प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्ष सम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त गर्ने र प्रयोग गर्ने छन् भने हाललाई एशियाली देशहरुमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाईटर बास्तोलाले जानकारी गराए ।
प्रिन्स हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ नम्बर एकमा पुग्न सफल भएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]