default_image

4 years ago

February 2, 2022

तीन संघले बिहीबार संयुक्त शान्तिपूर्ण आन्दोलन गर्ने

275 views

0 Bookmark

काठमाडौ (हाम्रा खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता छिटो हटाउन माग गर्दै बिहीबार शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेका छन् ।

एनएनआइपिए, ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाउन नहुने माग गर्दै सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो ।

तीन संस्थाले सदस्य सचिवको विवाद कानुनी रुपमा किनारा नलाग्दासम्मको अवस्थामा खेलकुदलाई चलायमान गराउन र उक्त रिटको शिघ्र किनारा लगाउन सर्वाेच्च अदालतसमक्ष आग्रह गर्दै परिषदको काम कारवाहीलाई नियमित सञ्चालन गरी सुचारु राख्नका लागि सम्वन्धित निकायलाई ध्यानाकर्षण होस् भन्नको लागि शान्तिपुर्ण विरोध कार्यक्रम गर्न बाध्य बनेको विज्ञप्तिमा उल्लेख छ ।

तीन संघले सदस्य सचिवको बर्खास्ती र नियुक्तिको विषयमा सर्वाेच्चमा परेको रिटको सुनुवाई समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी बन्दा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद र पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रभावित बनेको तथा परिषदमा कार्यरत प्रशिक्षक, कर्मचारीलगायत सम्वन्धित सबैको काममा प्रत्यक्ष रुपमा असर पारेको विज्ञप्तिमा उल्लेख छ ।

परिषदले नियमित काम गर्न समेत नसकेको अवस्थामा नियमित काममा फर्काउनको लागि नेपाल सरकार र सम्वन्धित युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सरकारले तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्दै टंकलाल घिसिङलाई १३ मंसिरमा सदस्यसचिव नियुक्त गरेपछि सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसयता दुईपटक रिटको सुनवाइका लागि पेसी तोकेपनि दुवै पटक सरेको छ । अदालतले यस विषयमा माघ २४ गतेका लागि पुनः पेसी तोकेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.