4 years ago
February 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप च्याम्पियन महिला भलिबल टिमलाई फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ ।
नेपालले गत पुस १३ गते बंगलादेशको ढाकामा सम्पन्न सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो । त्यसअघि नेपालले सन् २०१९ मा बंगलादेशमै भएको च्याम्पियनसिपमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।
यस्तै नेकोसले वर्षभरी गरेको प्रदर्शनका आधारमा खेलका सबै खाले विधाहरुमा उत्कृष्ट हुने खेलकर्मीहरुको छनौट गरी नगद सहित सम्मान गर्ने निर्णय गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद परिषदमा देखिएको अन्यौलताले खेलकुद जगत नै सुस्ताएको हुँदा तत्काल समस्या समाधानका लागि नेपाल सरकार तथा सम्मानित न्यायलको ध्यानाकर्षण गर्दै नवौं राष्ट्रिय खेलकुद आयोेजनाको मिति अविलम्ब घोषणा गर्न माग गरेको छ ।

अफ्रिकन मुलुक मौरिसससँग भएको दुईवटै मैत्रिपूर्ण फुटबलमा विजयी टिम र ब्याडमिन्टन खेलको विश्व वरियताको जुनियरतर्फ शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई बधाई ज्ञापन गरेको छ ।
महाधिवेशन आयोजक समिति गठन, बस्नेत संयोजक
नेकोसको आइतबार बसकेको बैठकले विधान पनि संसोधन गर्दै केन्द्रिय कमिटी बढीमा २ सय ९९ जना रहने व्यवस्था गरेको । कमिटीमा १ अध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ महिला उपाध्यक्ष सहित उपाध्यक्ष, उपमहासचिव र सचिव गरी अधिकतम १७ जना पदाधिकारी रहने बताइएको छ ।
त्यस्तै राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था गर्दै त्यसमा वैशाख ७ गतेको भेलाबाट निर्वाचित ८४५ केन्द्रीय सदस्य, सबै आयोगका पदाधिकारी तथा सदस्य, सबै प्रदेश कमिटीका पदाधिकारी, नेकोस खेल संघका पदाधिकारी, जिल्ला तथा महानगरका कमिटीका अध्यक्ष एवं पार्टी विभाजन पश्चात एमालेमै रहेका सबै पदाधिकारी तथा सदस्यहरु रहनेछन् ।
त्यस्तै बैठकले नेपाल खेलकुद महाधिवेशनको महाधिवेशनको आयोजना तथा व्यवस्थापनका लागि बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको संयोजकत्वमा १ सय ९९ सदस्य रहने गरि आयोजक कमिटीको गठन गरिएको छ । महाधिवेशनको मिति र स्थान आयोजक कमिटीलाई तोक्ने जिम्मा दिएको छ ।
सात प्रदेश तथा उपत्यका विशेष प्रदेश कमिटीका अधिवेशनहरु फागुन ७ देखि २१ गतेसम्म सम्पन्न गर्ने नेकोसले निर्णय गरेको छ । नेकोसमा आवद्ध ४० वटा नेकोस खेल संघहरुको अधिवेशन फागुन २८ गते आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]