4 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ ।

प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
यस प्रतियोगितालाई लामो समयदेखि ब्याडमिन्टन खेलमा स्थापित ब्राण्ड योनेक्सले प्रायोजन गर्दै आईरहेको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगितालाई नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले साथ दिंदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।
प्रतियोगिताको छिटपुट बाहेक अन्य सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् । ललितपुर जिल्लाको नखिपोटमा आयोजना हुने प्रतियोगिता फागुण ३ गते देखि ७ गते सम्म संचालन हुने छ ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पुरुष एकल (शीर्ष १६), पुरुष एकल (शीर्ष १६बाहेक), पुरुष युगल (खुला), महिला एकल (शीर्ष १२), महिला एकल (शीर्ष १२ बाहेक), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराए ।
कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल (शीर्ष १६) र महिला एकल (शीर्ष १२) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् । त्यसपछि लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १ हजार ५ सय प्राप्त गर्नेछन् ।
यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार तथा सेमिफाइनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्नेछन् । यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६बाहेक), महिला एकल (शीर्ष १२ बाहेक), पुरुष र महिला युगल, भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्ष माथिका विजयीले क्रमश प्रथमले २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।
यु–१७ पुरुष तथा महिला एकलतर्फ पहिलोले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई योनेक्स सनराइजले प्रायोजन गरेको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]