4 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् ।

मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए ।
मन्त्री गहतराजले राखेपका निमित्त सदस्य सचिव, बिभागिय प्रमुख तथा शाखा प्रमुख कुल बहादुर थापालाई आसन्न एशियान खेलकुद र १४औं सागको तयारीका लागि खेलाडी छनोटका लागि तयारी गर्न निर्देश दिएका छन् । नियमित खेल तालिकामा परेको नवौं राष्ट्रिय खेलकुद बिभिन्न कारणले हुन सकेको छैन ।
खेलाडी छनोटका लागि राष्ट्रिय प्रतियोगिताको आयोजना अपरिहार्य छ, हामी चाँडै नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने तयारीमा छौं । त्यसमा ध्यान केन्द्रित गर्नुस ।’ निरीक्षणका दौरान राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहादुर थापा, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]