default_image

2 years ago

February 23, 2022

राष्ट्रिय टोलीका दुई पूर्व कप्तान रेलिगेसनमा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका दुई पूर्व कप्तानको टोली नै यसपटकको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनका परेका छन् ।

पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनले नेतृत्व गरेका ललितपुरका दुई क्लब यसपटक ए डिभिजनबाट घटुवा भएका हुन् । यसपटक रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को कप्तानमा अनिल र च्यासल युथ क्लबको कप्तानमा विराज छन् । दुवै टोली यो सिजनको एक खेल बाँकी रहँदै रेलिगेसनमा परेका हुन् ।

बिबिसी लिगको १२औं राउन्डको खेलमा सोमबार नव प्रवेशी सातदोबाटो युथ क्लबसँग ३–२ को हार बेहोर्दै रेलिगेसनमा परेको हो । अनिलले २०६१ मा बिबिसीबाट खेल्दै व्यवसायिक खेल करिअर सुरु गरेपनि उत्तरार्धमा आफ्नै कप्तानीमा टोलीलाई रेलिगेसनबाट जोगाउन भने सकेनन् । बिबिसीबाट माथिल्लो स्तरको खेल जीवनको यात्रा सुरु गरेको अनिलले थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, एनआरटी, भारतीय लिगको सिलोङ लाजोङबाट खेलेका थिए । आइ लिगबाट फर्केपछि मनाङमा केहि वर्ष खेलेका अनिल त्यसपछि थ्री स्टार र पछिल्लो समयमा २०७६ बिबिसी फर्केका थिए ।

पुनरागमन गरेको पहिलो सिजन आफ्नो टोलीलाई रेलिगेसनबाट जोगाउन सफल भएपनि अनिलले यसपटक भने त्यसलाई निरन्तरता दिन सकेनन् । सिजनको सुरुवाती खेलमा बेन्चमा रहेका अनिलले पछिल्ला खेलमा पहिलो रोजाइमा खेलेका थिए । उनले यो लिगमा एक मात्र गोल पेनाल्टीमार्फत फ्रेन्ड्स क्लबविरुद्ध गरेका थिए ।

२०६१ मा शीर्ष डिभिजन खेलेको बिबिसीले यो सिजनसहित ७ सिजन शीर्ष डिभिजन खेलेको छ । बिबिसी तेस्रोपटक रेलिगेसनमा परेको हो । बिबिसी यसअघि २०६३ र २०६८ मा रेलिगेसनमा परेको थियो । च्यासलले १२औं राउन्डमा रेलिगेसन जोनमै संघर्ष गरिरहेको फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै शीर्ष डिभिजन खेलेको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । मनाङ, थ्रीस्टार र मछिन्द्रलाई च्याम्पियन बनाएका विराज यो सिजन नै च्यासलमा आबद्ध भएका थिए । तर उनले आफ्नो कप्तानीमा च्यासलको रेलिगेसन बचाउन सकेनन् ।

यो सिजन खेलाडी अनुबन्धमा चर्चामा आएको च्यासलले मैदानमा भने त्यस अनुसारको प्रदर्शन गर्न सकेन । विराजसहित राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका कमल श्रेष्ठ, नेपाली मुलका इटालियन विकास मेराग्लियासँगै लिगमा एक सय गोल पूरा गरेका सन्तोष साहुखल र घरेलु फुटबलका चर्चित कर्ण लिम्बुलाई पछिल्लो खेलका लागि अनुबन्ध गरेपनि नतिजा निकाल्न सकेन ।

फुटबललाई नै आधार बनाएर २०३७ मा स्थापित भएको च्यासल छनोटमा सफल हुँदै २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । लगत्तै अर्को २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा भएको थियो । त्यसको सातवर्षको प्रयासपछि च्यासल २०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

त्यसपछि एक सिजन खेल्न नपाउने भएपनि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा शीर्ष डिभिजन खेलेको थियो । च्यासलले यो सहित २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेलेको थियो । टोलीले २०७५ मा आठौं तथा २०७६ मा नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । च्यासलले यसअघिको दुवै सिजनमा जापानी खेलाडीलाई खेलाएको थियो ।

विराजले गत वर्ष चैतमा नेपालमै भएको थ्री नेसन्स कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्दै घरेलु फुटबलमा सक्रिय हुने बताएका थिए । अनिलले २०७४ मा फिलिपिन्सविरुद्धको खेलबाट सन्यासको घोषणा गरेका थिए ।

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.