4 years ago
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् । हभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा डा. प्रकाश प्रधानले खेल मनोविज्ञान सम्बन्धी ज्ञान दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव श्रेष्ठले कार्यक्रम आयोजना गरेको आयोजकको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सहभागीको आत्मबल बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सहभागीले कार्यक्रमबाट सक्दो फाइदा लिनु पर्ने सुझाए । ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले आगामी दिनमा संघले यस प्रकारको कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]