default_image

4 years ago

February 26, 2022

राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिदै सवै कुराको अध्यायन गरेर नै मस्यौदा तयार पारिएको बताए । उनले यसलाई अन्तिम रुप दिन दु्रत रुपले कार्य गर्न जरुरी रहेको कानुनका कारण संघहरुको निर्वाचन रोकिएकाले चाँडै निकास दिनुपर्नेसमेत थपे ।

राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलवहादुर थापाले लामो अनुभब भएका साथीहरुले तयार पारेको मस्यौंदाले अवश्य पनि सम्पूर्ण पक्षलाई समेटेको हुनपर्छ । यदपी तुरुन्त सरोकारवालासँग छलफल गरेर सुझाबलाई समेटेर कानुन शाखाको राय अनुसार अन्तिम रुप दिनु पर्छ ।

हस्तान्तरणकै अवसरमा निमित्त सदस्य सचिव थापाले खेलकुद विकास विभागका प्रमुख बज्र केसीलाई आवश्यक प्रकृया अगाडि बढाउन जिम्मेवारी समेत दिएका छन् ।

हस्तान्तरण अघि संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका संयोजक पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७, खेलकुद विकास ऐन–२०४९ लगायत खेलकुद संचालन सम्बन्धी ऐन, कानृुन र कार्यविधि अध्यायन गरेर तयार पारेको छ । परिषद्मा आवद्ध संघ संस्थालाई ब्यवस्थित ढंगले संचालन गर्न पक्कै पनि महत्वपूर्ण सहयोग पुग्ने छ ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बिभागिय प्रमुख मधुसुदन बस्नेत, कर्मचारी प्रशासन शाखाका प्रमुख बिनोद उप्रेती, समितिकी सदस्य युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत रेखा सिग्देल, सदस्य राखेपका प्रशासकिय अधिकृत चन्द्र राई, सदस्य राखेपका प्रशासकिय अधिकृत धन शाहीको उपस्थिति रहेको थियो ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.