4 years ago
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दसौं शिरशुभा-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण बुधबार पूरा भएको छ । लिगको अन्तिम दिन ७ खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

क्वाटरफाइनल आँधीखोला युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबीच हुने छ ।
त्यसमा दरौले दरौखोलालाई २–१, आँधीखेलाले माझकटेरी युवा क्लबलाई २–०, राङखोलाले राम्चे युवा क्लबलाई २–० र पञ्चमुल सिरुवारीले नव दृष्टि युवा क्लबलाई २–० को सेटमा पराजित गरे ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा छेवाङले महाशिला ‘बी’ लाई २–०, भंगाराले क्षेत्री समाज युवा क्लबलाई २–१ र हिले युवा क्लबले प्रगतिशिल युवा क्लबलाई २–१ को सेटमा हराए ।
बुधबारै स्व. शिरशुभा÷गम्भीरमान सिंह गुरुङ स्मृति खेल मैदान पनिको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कांग्रेस नेतृ सरस्वती गुरुङले मैदानको संयुक्त उद्घाटन गरे । आयोजककै उक्त मैदानमा आयोजकले नै करिब २० लाख खर्चमा खेल मैदान निर्माण गरेको हो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]