4 years ago
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दसौं शिरशुभा-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण बुधबार पूरा भएको छ । लिगको अन्तिम दिन ७ खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

क्वाटरफाइनल आँधीखोला युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबीच हुने छ ।
त्यसमा दरौले दरौखोलालाई २–१, आँधीखेलाले माझकटेरी युवा क्लबलाई २–०, राङखोलाले राम्चे युवा क्लबलाई २–० र पञ्चमुल सिरुवारीले नव दृष्टि युवा क्लबलाई २–० को सेटमा पराजित गरे ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा छेवाङले महाशिला ‘बी’ लाई २–०, भंगाराले क्षेत्री समाज युवा क्लबलाई २–१ र हिले युवा क्लबले प्रगतिशिल युवा क्लबलाई २–१ को सेटमा हराए ।
बुधबारै स्व. शिरशुभा÷गम्भीरमान सिंह गुरुङ स्मृति खेल मैदान पनिको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कांग्रेस नेतृ सरस्वती गुरुङले मैदानको संयुक्त उद्घाटन गरे । आयोजककै उक्त मैदानमा आयोजकले नै करिब २० लाख खर्चमा खेल मैदान निर्माण गरेको हो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]