4 years ago
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भंगारा युवा क्लबले १०ओं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । स्याङजाको सिरुवारीमा शुक्रबार भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगितामा महाशिला युवा क्लब तेश्रो भयो । महाशिलाले खेवाङ युवा क्लबलाई २२–२५, २५–२३ र २५–१८ ले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।
भंगाराका राजकुमार नेपाली उत्कृष्ट खेलाडी चुनिदै १० हजार नगद पुरस्कार जिते । खेवाङ युवा क्लब अनुशासित टिम चुनियो । खेवाङले १० हजार नगद पुरस्कार हात पा¥यो ।
विजेतालाई स्याङजाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ, हिमबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]