4 years ago
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओस)ी ले एनओसी अवार्ड दिने घोषणा गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले एनओसी अवार्डको लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ ।

एनओसीले पहिलोपल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ । यसअघि कमिटीको १२औं साधारण सभाका अवसरमा एनओसी अवार्ड दिने निर्णय भएको थियो । कमिटीले नौ फरक विधामा अवार्ड दिनेछ ।
अवार्ड कमिटीका समन्वयकर्तामा गोपाल सुन्दरलाल कक्षपति रहेका छन् । त्यस अवसरमा अवार्ड निर्णय कमिटीको पहिलो बैठक बसेको थियो । त्यसका सदस्यमा विनयराज पाण्डे, पद्माकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण बज्राचार्य, गीता शाह, रिता विष्ट, दीपक विष्ट र अश्रेयता कार्की चौधरी रहेका छन् ।
यसमा एनओसीका कमिटीको कोही पनि पदाधिकारी र कर्मचारी रहेका छैनन् । कमिटीमा पूर्व खेलाडी, प्रशिक्षक र पत्रकार समावेश गरिएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]